राष्ट्र बैङ्कले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्दै

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कले आज २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ। बैङ्किङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैङ्कले ‘नेपाल राष्ट्र बैङ्क ऋणपत्र’ अनलाइन बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।

राष्ट्र बैङ्कका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। साँवा तथा अन्तिम ब्याज २०८४ असार २९ गते भुक्तानी हुने व्यवस्था गरिएको छ।

बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँका गुण कमा कुल आह्वान गरिएको रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन्। एउटै सहभागीले फरक–फरक ब्याजदरमा समेत प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

केन्द्रीय बैङ्कका अनुसार प्राप्त बोलपत्रलाई न्यूनदेखि उच्च ब्याजदरको क्रममा मूल्याङ्कन गरी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड सीमासम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। सोही दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव पेस गर्ने सहभागी संस्थालाई उक्त एकल ब्याजदरमै ऋणपत्र बाँडफाँट गरिने व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x