
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारको कठिन परिस्थितिलाई ध्यानमा राखेर राहत र पुनः स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको जनाएको छ।
कम्पनीले विपद्मा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभ र सुरक्षित पुनः स्थापनाको कामना गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि नेपाल इन्स्योरेन्सको ५० लाख सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
