मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई सहयोग | Muktinath Bikas Bank

muktinath bikas bank

ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं.१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई लागि सहयोग गरेको छ ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रम बीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख श्री बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख श्री ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक श्री सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष श्री विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न ,वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने धारणा बैंकले लिएको बताएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x