धितोपत्र बजारमा ३.३३ अंकको वृद्धि, नेप्से परिसूचक २७७९.९८ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ३३ अंकले बढेर २७७९ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीका ६६ लाख ७५ हजार २३१ कित्ता शेयर रु ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये छ (६) उपसमूहको शेयर ओरालो लागेका छन् । अन्य उपसमूह १७ दशमलव ९२ अङ्कले बढ्दा जलविद्युत  उपसमूह ५ दशमलव ५२ अङ्कले, वित्त उपसमूह १४.६५ अङ्कले, निर्जीवन बीमा १३३.८३ अङ्कले, उत्पादन उपसमूह २८.७२ अङ्कले, लघुवित्त उपसमूह ५.३१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ४७ अङ्कले बढेको छ। यता, बैंकिङ उपसमूह ४ दशमलव ३३ अङ्कले, ट्रेडिङ उपसमूह ६.९९ अङ्कले,होटल तथा पर्यटन उपसमूह २१.५५ अङ्कले, विकास बैंक उपसमूह २१.१ अङ्कले, जीवन बीमा उपसमूह १.३२ अङ्कले र सामूहिक लगानी कोष उपसमूह शुन्य दशमलव ४७ अङ्कले घटेका छन् ।


























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x