धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २६९३.१० को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३९ दशमलव ४० अंकले घटेर २६९३ दशमलव १० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ९९ अंकले घटेर ५१३ दशमलव ६४ को विन्दुमा पुगेको छ ।


आज कूल २३० कम्पनीहरूका ७१ लाख २२ हजार २९९ कित्ता शेयर रु ४ अर्ब ०८ करोड ६४ लाख ७४ हजार ८२८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य अन्य उपसमूह ९ दशमलव ७३ अङ्कले बढेको छ। बैंकिङ उपसमूह २५ दशमलव ७५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५६ दशमलव ६७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४३.७२ अङ्कले, विकास बैंक उपसमूह ९१.१५ अङ्कले, जलविद्युत उपसमूह ३१.८६ अङ्कले, वित्त उपसमूह ४६.८२ अङ्कले, निर्जीवन बीमा २८०.७५ अङ्कले, उत्पादन उपसमूह १६२.८ अङ्कले, लघुवित्त उपसमूह ६६.२५ अङ्कले, जीवन बीमा उपसमूह ३६७.११ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १८ अङ्कले र लगानी उपसमूह १.७२ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x