पुष महिनामा निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ३ अर्ब माथि, व्यापार विस्तारमा को तगडा?

non life insurance companies of nepal

ज्ञानमाण्डू। हाल नेपालमा सञ्चालनमा रहेका जम्मा २० निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुष महिनामा मात्रै ३ अर्ब ६७ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ। उक्त निर्जीवन कम्पनीहरूले पुषमा औसतमा १८ करोड ३५ लाख रुपैंया बीमा शुल्क आर्जन गरेको देखिन्छ। यस अवधिमा ७ निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १३ यस्ता निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको छ।

चालु आर्थिक वर्षको पुष महिनामा शिखर इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले एक महिनामै ७६ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गर्दा राम्रो व्यापार विस्तार गरेकाे सगरमाथा इन्स्योरेन्सले २७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

त्यसै गरी, नेकाे इन्स्योरेन्सले पुष महिनामा २७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा सिद्धार्थ इन्स्योरेन्सले २१ करोड ४ लाख रुपैयाँ, प्रभु इन्स्याेरेन्सले १९ कराेड ९९ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्सले १९ करोड ४५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १७ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड २९ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले १५ करोड ८९ लाख रुपैयाँ बीमा शल्क आर्जन गरेका छन् ।

Click here to join our viber community.


Click here to join our viber community.

यता, यूनाइटेड इन्स्योरेन्सले १४ करोड ७७ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १४ करोड ४५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १४ करोड २२ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले १२ करोड ७९ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ११ करोड ८८ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १० करोड ४० लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड ९४ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ८ कराेड ६९ लाख रूपैयाँ र जनरल इन्स्योरेन्सले ७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

चालु आर्थिक वर्षको पुष महिनामा राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको छ। उक्त निर्जीवन बीमाले यस एक महिने अवधिमा ३ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x