धितोपत्र बजारमा १२.५४ अंकको वृद्धि, नेप्से परिसूचक २८२७.९३ को विन्दुमा


 
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २८२७ दशमलव ९३ को विन्दुमा कायम भएको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव ३५ अंकले बढेर ५०७ दशमलव ०५ को विन्दुमा पुगेको छ ।
 
आज कूल २१९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर रु १७ अर्ब ०२ करोड ८४ लाख ३२ हजार २४५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १९ दशमलव ९४ अङ्कले बढ्द होटल तथा पर्यटन उपसमूह १३५.४४ अङ्कले, विकास बैंक उपसमूह २५५.२५ अङ्कले, वित्त उपसमूह ८३.९१ अङ्कले, निर्जीवन बीमा ६४.१२ अङ्कले, जीवन बीमा ९६.०१ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ५५ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ३२.६७ अङ्कले घट्दा जलविद्युत ०.६६ अङ्कले, उत्पादन उपसमूह ५.३१ अङ्कले, अन्य उपसमूह ५४.६४ अङ्कले, लघुवित्त उपसमूह ७४.४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २७ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x