११.९३ रुपैंया न्याभ (NAV) भएको नबिल इक्वीटी फण्ड (NEF) को कहाँ कहाँ छ लगानी ?


ज्ञानमाण्डू।नबिल बैङ्क लिमिटेड कोष प्रवर्द्धक रहेको तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड (NEF) ले आर्थिक वर्ष २०७८/७९ को मङ्सिर मसान्तको मासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ को मङ्सिर मसान्तसम्म आइपुग्दा नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य ११ रुपैंया ९३ पैसा रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७८/७९ को कात्तिक अन्तिममा प्रकाशित वित्तीय विवरण अनुसार उक्त सामूहिक लगानी कोषको प्रति इकाई खुद सम्पत्तिको मूल्य १३ रुपैंया ४८ पैसा रहेको थियो।

कोषले सार्वजनिक गरेको मङ्सिर मसान्तको मासिक विवरण अनुसार नबिल इक्वीटी फण्डले कुल १ अर्ब ३४ करोड ४६ लाख २९ हजार ९ सय रुपैंया लगानी गरेको छ। जस मध्ये कोषले १ अर्ब १० करोड ४६ लाख ५६ हजार ५११ रुपैंया शेयरमा लगानी गरेको छ भने ११ करोड १६ लाख ६९ हजार ६३० रुपैंया ऋणपत्रमा लगानी गरेको छ।

मङ्सिर मसान्तको मासिक वित्तीय विवरणको तथ्याङ्क अनुसार सूचीकृत नभएका धितोपत्रहरुमा कोषको कुल ३३ लाख ३ हजार ७५९ रुपैंया लगानी रहेको छ भने कोषको कुल लगानी मध्ये १२ करोड ५० लाख रुपैंया मुद्दती निक्षेपमा रहेको देखिन्छ । चालु आर्थिक वर्षको गत महिना अर्थात् कात्तिक मसान्तसम्म नबिल इक्वीटी फण्डले विभिन्न धितोपत्र र मुद्दती गरी कुल १ अर्ब ५७ करोड ९४ लाख ४६ हजार २९१ रुपैंया लगानी गरेको थियो।

आर्थिक वर्ष २०७८/७९ को मङ्सिर मसान्तसम्म आइपुग्दा नबिल इक्वीटी फण्डसँग १ अर्ब ४९ करोड १७ लाख २८ हजार ३७० रुपैंया बराबरको खुद सम्पत्ति रहेको छ। गत महिना अर्थात् आर्थिक वर्ष २०७८/७९ को कात्तिक अन्तिममा प्रकाशित तथ्याङ्क अनुसार कोषसँग १ अर्ब ६८ करोड ५१ लाख ८३ हजार ७९३ रुपैंया बराबरको खुद सम्पत्ति रहेको थियो।

समीक्षा अवधि नबिल इक्वीटी फण्ड (NEF) २५ करोड ५६ लाख ५ हजार ४३९ रुपैंया नोक्सानीमा रहेको छ। कात्तिक मसान्तसम्म उक्त कोष ६२ करोड १४ लाख ९७ हजार ७६० रुपैंया घाटामा रहेको थियो।

हेर्नुहोस् नबिल इक्वीटी फण्ड (NEF)को को कहाँ कहाँ छ लगानी ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x