नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता




ज्ञानमाण्डू। नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आÏनो खल्ती वालेट लोड गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै गरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने बैंकले थप जानकारी दिएको छन ।

खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड भएको र उक्त डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी जस्ता ६०,००० भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ । आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x