सिभिल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रताप जङ्ग पाण्डेले ग्रहण गरे शपथ | Civil Bank



ज्ञानमाण्डू। सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त भएका छन्। सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकको निर्णय अनुसार नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेलाई आज मिति २०७८/०८/२० सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएको बैंकले जानकारी दिएको छ ।

अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरे । 

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा अध्यक्ष पाण्डले राखे । 

अध्यक्ष पाण्डले बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x