हेर्नुहोस् प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन पछिको भाउ कति ?



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार मङ्सिर १० गते, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।


नेप्सेले शुक्रबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७५६ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर आइतबार प्राइम लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात बिहिबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ८७० रुपैयाँका आधारमा उक्त इन्स्योरेन्सको भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x