कालिका लघुवित्तको लाभांश प्रस्ताव, हेर्नुहोस् बोनस र नगद कति ?



ज्ञानमाण्डू। कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ८ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को खुद मुनाफा र विगतका आर्थिक वर्षको संचित मुनाफा समेतबाट हाल कायम चुक्ता पुँजीको कुल १३ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ खुद मुनाफा र विगतका आर्थिक वर्षको संचित मुनाफा समेतबाट हाल कायम चुक्ता पूँजी २७ करोड ६८ लाख ८० हजार ८९५ रुपैंयाको १३ प्रतिशतले हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैँया ३५ पैसा बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x