२२८ रुपैयाँ ६३ पैसा प्रतिशेयर नेटवर्थ रहेको नेरुडे लघुवित्तको नाफा कति ?

ज्ञानमाण्डू। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १५७.३२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १८ करोड २३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४९ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेरुडे लघुवित्तले २ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेरुडे लघुवित्तले ३ अर्ब ९० करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

नेरुडे लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४७.७८ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.३६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा छ र मूल्य आम्दानी अनुपात ४३.३३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x