सामलिङ्ग पावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, हेर्नुहोस् पहिलो कारोबारको रेन्ज कति ?


ज्ञानमाण्डू।सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मङ्सिर ८ गते बिहिबारका दिन नेपाल स्टक एक्सचेन्ज र सामलिङ्ग पावर कम्पनी लिमिटेड बीच साधारण शेयर सूचिकरण गर्ने सम्झौता समपन्न भएको हो।

नेप्सेले सामलिङ्ग पावर कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि न्यूनतम ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसासम्म रेन्ज तोकेको छ, अर्थात् सोही रेन्जभित्र रहेर सामलिङ्ग पावर कम्पनी डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ ।


'एसपिसी '(SPC) प्रतीक चिन्हमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको कारोबार हुनेछ । सामलिङ्ग पावर कम्पनी डेभलपमेन्ट कम्पनी लिमिटेडको चुक्ता पुँजीका आधारमा कायम ५० लाख कित्ता शेयर बिहिबार नेप्सेमा सूचीकरण भएको हो ।

नेप्से र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्जमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने नेप्सेले जनाएको छ।   

सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २०७८ साल कात्तिक ४ गतेदेखि २०७८ साल कात्तिक ८ गतेसम्म प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x