नेशनल माइक्रोफाइनान्सको आकर्षक लाभांश प्रस्ताव, हेर्नुहोस् बोनस र नगद कति ?



ज्ञानमाण्डू।नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर १ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ४५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ संचित सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैंया ५० पैसाको ४० प्रतिशतले हुन आउने १६ करोड ७६ लाख २१ हजार ४२१ रुपैँया बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६७७ रुपैंया ६३ पैसा बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा नेशनल माइक्रोफाइनान्स लघुवित वित्तिय संस्था लिमिटेडले २१ प्रतिशतले हुन आउने बोनस शेयर र  ६ प्रतिशतले हुन आउने नगद लाभांश गरी जम्मा २७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x