सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक २९ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबारी दिन अर्थात अईतबार कार्तिक २८ गतेका दिन, छापावाला सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x