वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंक लि.को प्रभातफेरि

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले १२औँ बर्ष पूरा गरि १३औँ बर्षमा प्रबेश गरेको अवसरमा बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमको अयोजना गरेको छ । १२औँ बार्षिकोत्सवको अवसरमा बैंकले २०७५ माघ १२ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, का.मु. प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर हस्पिटल, जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।
बैंकले काठमाण्डौँ उपत्यकामा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, बिराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । 

१२औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । 

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकको अवधीमा ग्लोबल आइएमई बैंकले बैंक अफ द इएर अर्वाड, बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड, र बेष्ट इम्प्लोयर अवार्ड  लगायतबाट समेत सम्मानित भईसकेको छ । १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ बटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x