५२% लाभांश वितरण गर्दै जनउत्थान सामुदायिक लघुवित्त

ज्ञानमाण्डू।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मिती २०७७ साल माघ १९ गते सोमबारका दिन बसेको सञ्चालक समितिको १६४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ को मुनाफाबाट हाल कायम चुक्ता पूजी को ५२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस सेयर र कर स्वरूप २ दशमलव ६० प्रतिशत नगद गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले लाभांश पाउने संस्थाले जानकारी दिएको छ ।

जनउत्थान लघुवित्तले हाल कायम ७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ पुग्नेछ । गत वर्ष भने यस लघुवित्तले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x