कर्मचारीहरूको तलब, भत्तामा एनआईसी एशियाद्वारा सर्वाधिक खर्च, कुन वाणिज्य बैङ्कको कति ?

ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा नेपालका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा करिब १५ अर्ब रुपैंया रकम खर्च गरेका छन् । समीक्षा अवधिमा नेपालका अधिकांश वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५ प्रतिशत खर्च वृद्धि गर्दै जम्मा १४ अर्ब ९४ करोड रुपैयाँ आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको यस्तो खर्च १२ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म करिब १५ अर्ब रुपैंया खर्च गरेका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधाका निम्ति औसतमा ५५ करोड ३५ लाख रुपैंया रकम खर्च गरेको देखिएको छ । यस अवधिमा १२ वटा बैङ्कले औसत भन्दा बढी खर्च गरेका छन् भने १५ यस्ता बैङ्कको खर्च औसत भन्दा कम रहेको देखिएको छ ।

banks of nepal

वाणिज्य बैङ्कहरू मध्ये एनआईसी एशिया बैङ्कले असोज मसान्तसम्ममा सर्वाधिक ९५ करोड ९२ रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ भने सोही शीर्षकमा गरिएको खर्चका आधारमा कर्मचारीहरूको ठुलो सङ्ख्या रहेको ग्लोबल आइएमई बैङ्कले ८९ करोड ७१ लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

त्यस्तै, वाणिज्य बैङ्कहरू मध्येको लिडर बैङ्क मानिने नबिल बैङ्कले ८८ करोड १७ लाख रुपैयाँ खर्च गर्दा प्रभु बैङ्कले ८५ करोड ७८ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ। त्यसै गरी , कृषि विकास बैङ्कले चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा ७९ करोड ६७ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको छ भने पहिलो त्रैमासमा अर्ब अधिक नाफा कमाएको सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैङ्कले ७७ करोड १८ लाख रुपैंया रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको तथ्याङ्कले देखाएको छ।

यता, चालु आर्थिक वर्ष २०७८/७९ को ३ महिनाको अवधिमा २७ वाणिज्य बैङ्कहरू मध्ये कर्मचारीको तलब, भत्ता र सुविधा शीर्षकमा सर्वाधिक कम खर्च गर्ने वाणिज्य बैङ्क सेञ्चुरी कमर्सियल बैङ्क रहेको छ। उक्त बैङ्कले समीक्षा अवधिमा २७ करोड ६५ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको छ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x