जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब १५ करोड


ज्ञानमाण्डू। जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकको नाफा ४४.३६ प्रतिशतले बढेकाे छ । गत आ.व.को तेस्रो त्रैमाससम्ममा बैङ्कले १ अर्ब ८७ करोड २१ लाख २५ हजार नाफा कमाएको थियो भने चालु आ.व.को तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख १५ हजार नाफा कमाएको देखिन्छ । मर्जर अवधिसम्म जनता बैंकले कमाएको खुद नाफा समेत समावेश गर्दा बैंकको खुद नाफा ३ अर्ब १५ करोड ३९ लाख ४५ हजार रुपैयाँ रहेकाे छ ।

१८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले २ खर्ब १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब १४ करोड ६ लाख १४ हजार रुपैयाँ र संचित मुनाफा ४६ कराेड ४९ लाख ८६ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६२.७८ प्रतिशतले बढेर ६ अर्ब ३३ लाख ५२ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.१४ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा छ र मूल्य आम्दानी अनुपात १२.५० गुणा छ ।

As on  30th Chaitra 2076 BS

विवरण
तेस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू १८,९७,५८,८०
निक्षेप संकलन
रू २,०१,५९,७०,००
कर्जा लगानी
रू १,९५,१८,८४,०२
खुद ब्याज आम्दानी
रू ६,००,३३,५२
नाफा/(नाेक्सान)
रू ३,१५,३९,४५
जगेडा कोष
रू ९,१४,०६,१४
संचित मुनाफा
रू ४६,४९,८६
निष्कृय कर्जा
१.१४%
प्रतिशेयर आम्दानी
२२ रुपैयाँ १६ पैसा
प्रतिशेयर नेटवर्थ
१५० रुपैयाँ ६५ पैसा
आम्दानी अनुपात
१२.५० गुणा
नाफामा जनता बैंककाे खुद नाफा समेत समावेश गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x