एनएमबि बैङ्ककाे नाफा २ अर्ब ७३ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। एनएमबि बैङ्कको नाफा ५९.४२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ७१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैङ्कले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ३८ कराेड रुपैयाँ र संचित मुनाफा २ अर्ब २४ कराेड रूपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.३१ प्रतिशतले बढेर ५ अर्ब ६७ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २ अर्ब ३३ कराेड रुपैयाँ रहेकाे छ अर्थात एनएमबि बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १४.३० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैङ्ककाे निष्कृय कर्जा अनुपात २.२७ प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८५.१० काे आधारमा मूल्य आम्दानी अनुपात २८.९० गुणा रहेकाे छ ।
NMB bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x