सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुर्इ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक १६ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात साेमबार कार्तिक १५ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x