विपद् प्रतिकार्यमा समुदायलाई सक्षम बनाईँदै

ज्ञानमाण्डू।विपद्का अवस्थामा उद्धार कार्यमा समुदायको थप क्षमतालाई कसरी बढाउने भन्ने ध्येयले नेपाली सेना,भीमदलगणले यहाँ विपद् प्रतिकार्य तालीम शुरुआत गरेको छ । गणले तीन वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा तीन दिने सामुदायिक विपद् प्रतिकार्य तालीम सुरु गरेको हो । 

बाढी पहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न तिलाठीकोइलाडी गाउँपालिकाका स्थानीय तहका ५५ लाई विपद् प्रतिकार्य तालीम प्रदान गरिरहेको भीमदलगणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले विपद्बाट अति प्रभावित गाउँपालिका रहेको हुँदा युवालाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्व तयारी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको बताए । 
विपद् जोखिममा रहेको तिलाठीमा हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न पूर्व तयारी आवश्यकता रहेको तिलाठीकोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्रले उल्लेख गरे । गाउँ ठाउँमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाइएको उद्धार सामग्री प्रतिकार्य तालीममा प्रयोग गरी सिकाइने प्रशिक्षक हरिप्रसाद जैसीले जानकारी दिए । “ड्रमबाट बनाइने उद्धार सामग्री बढी खर्च लाग्ने भए पनि भरपर्दो हुन्छ”, जैसीले भने , “म्याट र बोतलबाट बनाइने सामग्री भने व्यक्तिगत रूपमा पनि निर्माण गर्न सकिन्छ ।”

तालीममा नेपाली सेनाको १ नम्बर विपद् व्यवस्थापन गण सुन्दरीजल काठमाडौँका जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठीकोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x