असारमा १ अर्ब अधिकले बचतमा रहेको शोधनान्तर स्थिती चालु आ.व.को श्रावणमा करिब ३९ अर्ब घाटामा


ज्ञानमाण्डू। आर्थिक क्रियाकलाप चलायमान भएतापनि बढ्दो व्यापार घाटा र घट्दो विप्रेषण आप्रवाह र विदेशी मुद्रा संचितिले चालु आर्थिक वर्षको श्रावणमा करिब ३९ अर्ब रुपैयाँले शोधनान्तर स्थिती नकारात्मक देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार २०७८ साल गत श्रावणमा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तमा १ अर्ब २३ करोड रुपैयाँले सकारात्मक रहेको मुलुकबाट बाहिरिने र भित्रिने रकम बिचको अन्तर (शोधनान्तर स्थिती) चालु आर्थिक वर्षको पहिलो महिनामा ३८ अर्ब ७५ करोड रुपैयाँ नोक्सानीमा रहेको केन्द्रिय बैंकले जनाएको छ । गत आ.व.को सोहि अवधिमा पनि शोधनान्तर स्थिती ५१ अर्ब ४६ करोड बचतमा रहेको थियो। अमेरिकी डलरमा गत आवको साउनमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु अवाको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।

चालु आ.व.को श्रावण महिनामा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको छ । गत आ.व.को सोही अवधिमा चालु खाता रु.२४ अर्ब ८९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आ.व.को पहिलो महिनामा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता चालु आ.व.को पहिलो महिनामा ४० करोड २४ लाखले घाटामा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई रु.६७ करोड ९७ लाख रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई रु.४८ करोड ६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ३९ करोड रहेको थियो ।

स्रोत: नेपाल राष्ट्र बैंक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x