धितोपत्र बजारमा ४० दशमलव २६ अंकको गिरावट, नेप्से २८८९.०३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव २६ अंकले घटेर २८८९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव १६ अंकले घटेर ५३८.५० को विन्दुमा पुगेको छ ।


 
आज कूल २२२ कम्पनीका १ करोड ०५ लाख ५७ हजार ८६६ कित्ता शेयर रु ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २० दशमलव ७४ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २७ दशमलव २१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७९.५३ अङ्कले, विकास बैंक उपसमूह ११६.९१ अङ्कले, जलविद्युत उपसमूह ७२.८१ अङ्कले, वित्त उपसमूह ८६.७२ अङ्कले, निर्जीवन बीमा २७२.९१ अङ्कले, उत्पादन उपसमूह ७३.७९ अङ्कले, अन्य उपसमूह २१.१६ अङ्कले, लघुवित्त उपसमूह ५२.१९ अङ्कले, जीवन बीमा उपसमूह १७५.३ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले र लगानी उपसमूह १ दशमलव ८८ अङ्कले घटेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x