जीवन बीमाहरु मध्ये कुन कम्पनीको कर्मचारी सङ्ख्या कति ? हेर्नुहोस् सबैभन्दा बढी कार्यरत कहाँ ?


ज्ञानमाण्डू।हाल नेपालमा रहेका जम्मा १९ वटा जीवन बिमा संस्थाहरुले अधिराज्य भरि फैलिएका २१०२ वटा शाखाहरू मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेका छन् । आफ्नो व्यापार विस्तारका क्रममा नेपालमा रहेका सम्पूर्ण जीवन बिमा संस्थाहरुले जम्मा ५७९१ जना कर्मचारीहरु मार्फत आफ्नो सेवा प्रदान गरिरहेका छन् । त्यसमध्ये अधिराज्य भरि सर्वाधिक शाखा सञ्जाल रहेको नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो १९७ शाखाहरूमा कार्यरत जम्मा ६३२ कर्मचारीहरु मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ। यसकारण नेपालमा रहेका जम्मा १९ वटा जीवन बिमा संस्थाहरु मध्ये सबै भन्दा धेरै कर्मचारी सङ्ख्या नेपाल लाइफ इन्स्योरेन्सको रहेको देखिन्छ। 

त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सले आफ्नो १४९ शाखाहरूमा कार्यरत जम्मा ४५० कर्मचारीहरु मार्फत सेवा प्रदान गरिरहेको छ। त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो १२१ शाखाहरूमा कार्यरत जम्मा ४१५ कर्मचारीहरु मार्फत, युनियन लाइफले १७८ शाखाहरूमा कार्यरत जम्मा ४०३ कर्मचारीहरु मार्फत, नेशनल लाइफले १०८ शाखाहरूमा कार्यरत जम्मा ३६४ कर्मचारीहरु मार्फत, प्राइम लाइफले १५५ शाखाहरूमा कार्यरत जम्मा ३६० कर्मचारीहरु मार्फत, सन नेपाल लाइफका १९१ शाखाहरूमा कार्यरत जम्मा ३५३ कर्मचारीहरु मार्फत र रिलायबल लाइफले आफ्नो ८२ शाखाहरूमा कार्यरत जम्मा ३२१ कर्मचारीहरु मार्फत सेवा प्रदान गरिरहेको छ।

यता, सूर्या लाइफले आफ्नो ११० शाखाहरूमा कार्यरत जम्मा २८८ कर्मचारीहरु मार्फत, प्रभु लाइफले ९९ शाखाहरूमा कार्यरत जम्मा २७१ कर्मचारीहरु मार्फत, सिटिजन लाइफले ११४ शाखाहरूमा कार्यरत जम्मा २६२ कर्मचारीहरु मार्फत, रिलायन्स लाइफले ९७ शाखाहरूमा कार्यरत जम्मा २४४ कर्मचारीहरु मार्फत, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ८१ शाखाहरूमा कार्यरत जम्मा २४१ कर्मचारीहरु मार्फत, गुराँस लाइफले ८२ शाखाहरूमा कार्यरत जम्मा २३३ कर्मचारीहरु मार्फत, आइएमई लाइफले १०३ शाखाहरूमा कार्यरत जम्मा २३१ कर्मचारीहरु मार्फत, सानिमा लाइफले ११८ शाखाहरूमा कार्यरत जम्मा २२२ कर्मचारीहरु मार्फत, महालक्ष्मी लाइफले ६२ शाखाहरूमा कार्यरत जम्मा २१९ कर्मचारीहरु मार्फत,  मेट लाइफले ३३ शाखाहरूमा कार्यरत जम्मा १५८ कर्मचारीहरु मार्फत र राष्ट्रिय बीमा संस्थानले आफ्ना २२ वटा शाखाहरूमा कार्यरत जम्मा १२४ कर्मचारीहरुका माध्यामबाट सेवा प्रदान गरिरहेको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x