५० रुपैयाँ भन्दा बढी प्रति शेयर आम्दानी भएका लघुवित्तहरू कुन कुन हुन् ?


ज्ञानमाण्डू। पुँजीको तुलनामा आकर्षक मुनाफा गर्ने शेयर बजारको एक क्षेत्र लघुवित्त कम्पनीहरू पनि हुन्। अन्य क्षेत्र भन्दा चुक्ता पुँजी थोरै भए तापनि मुनाफा आकर्षक हुँदा लघुवित्त क्षेत्र लगानीकर्ताको रोजाइमा पर्दै आएको छ। आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमास अर्थात २०७८ साल असार मसान्तसम्मको तथ्याङ्कलाई आधार मान्दा १४ वटा लघुवित्तको प्रति शेयर आम्दानी ५० रुपैयाँ भन्दा अधिक रहेको देखिन्छ ।

नेप्सेमा कारोबार भइरहेका लघुवित्तहरु मध्ये सबै भन्दा धेरै प्रति शेयर आम्दानी केही समय अघि मात्र आइपिओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको रहेको छ। उक्त कम्पनीको प्रति शेयर आम्दानी ११३ रुपैँया ३४ पैसा रहेको छ। त्यस पश्चात महिला लघुवित्तको प्रति शेयर आम्दानी सर्वाधिक रहेको छ। महिला लघुवित्तको प्रति शेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने फरवार्ड माइक्रोफाइनान्सको प्रति शेयर आम्दानी ९१ रुपैयाँ ८७ पैसा रहको छ। त्यस्तै, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रति शेयर आम्दानी ७७ रुपैयाँ ७३ पैसा, छिमेक लघुवित्तको ६६ रुपैयाँ ४३ पैसा, स्वाभलम्बन लघुवित्तको ६५ रुपैँया ६९ पैसा र डिप्रोस्क लघुवित्तको ६१ रुपैयाँ ७३ पैसा रहेको छ।

त्यसैगरी, स्वाभिमान लघुवित्तको पनि प्रति शेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा रहेको छ भने लक्ष्मी लघुवित्तको प्रति शेयर आम्दानी ६० रुपैयाँ ३६ पैसा, सबैको लघुवित्तको प्रति शेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा, निर्धन उत्थान लघुवित्तको ५४ रुपैयाँ २३ पैसा, उन्नति सहकार्य लघुवित्तको ५३ रुपैयाँ ९२ पैसा, ग्लोबल आइएमई लघुवित्तको ५२ रुपैयाँ ७३ पैसा र सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रति शेयर आम्दानी ५० रुपैयाँ ३ पैसा रहेको छ। 

त्यस्तै, साना किसान विकास बैंकको पनि प्रति शेयर आम्दानी ५० नजिकै रहेको छ। सानाकिसानको प्रति शेयर आम्दानी ४९ रुपैयाँ १४ पैसा रहेको छ।




Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x