मानुषी लघुवित्तको आईपीओ बिक्री खुला, हेर्नुहोस् कति दिने आवेदन ?


ज्ञानमाण्डू।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज मिति २०७८ साल श्रावण २७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९३ कित्ता कित्ता प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको हो ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कूल जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैंयाको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर मध्ये कूल जारी पूँजीको ०.५% अर्थात् ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र कुल निष्काशनको ५% अर्थात् १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा श्रावण ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस्तै, पर्याप्त आवेदन नआए कम्पनीको आईपीओ ढिलोमा भाद्र ९ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंङ्ग लिमिटेड रहेको छ ।

यस मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले मिति २०७७/१२/०३ मा “समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहने” [CARE-NP B+ (Is) Pronounced as [Single B Plus (Issuer)]” प्रदान गरेको छ । सो ग्रेडिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८/१२/०३ सम्म रहनेछ।

  • कति दिने आवेदन ?
यस अघि निष्काशन भएको सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ तथ्याङ्कलाइ अधार मान्ने हो भने उक्त कम्पनीको आईपीओमा कुल २४ लाख १९ हजार १२७ जना लागानिकर्ताले आवेदन दिएका थिए। हिजो आज निष्काशन भएका सबै जसो कम्पनीको आईपीओमा लागानिकर्ताहरुको ठुलै चाँप हुने गरेको छ भने निष्काशन भएका सबै जसो कम्पनीको आईपीओमा आवेदन दिने लागानिकर्ताहरुको संख्याले रेकर्ड बनाउँदै आइरहेको छ। यस विषयलाई आधार मान्ने हो भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पनि कम से कम २४ लाख १९ हजार १२७ जना लागानिकर्ताले आवेदन दिने पक्का पक्कि जस्तो नै दखिन्छ। कम्पनीले निष्काशन गर्न लागेको कुल ३ लाख ६८ हजार ५९३ कित्ता आईपीओ र २१/२२ लाख लागानिकर्ताको माग समान नहुने हुँदा, यस कम्पनीको आईपीओमा १० कित्ताका लागी आवेदन दिनु नै वुद्धिमणी हुने देखिन्छ। 

कम्पनीले निष्काशन गर्न लागेको कुल ३ लाख ६८ हजार ५९३ कित्ता आईपीओलाई आधार मान्दा ३६ हजार ८५९ जना लगानीकर्ताले १० कित्ता पाउने देखिन्छ भने भग्यमाणी ३ जना लगानीकर्ताले ११/११ कित्ता प्राप्त गर्ने देखिन्छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x