सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?


ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुर्इ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २६ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात साेमबार साउन २५ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले  उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x