महिला लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

ज्ञानमाण्डू।महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर(आईपीओ)मा आवेदन दिने आज मंगलबार (फागुन ४ गते) अन्तिम दिन हो । महिलाको लघुवित्तले आईपीओ माघ ३० देखी सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर(आईपीओ) निष्काशन गरेको  हो । लघुवित्तले निष्कासनमा ल्याएको कुल ४ लाख कित्ता शेयर मध्ये ० दशमलव ५ प्रतिशतले हुन आउने (५ हजार कित्ता) कम्पनीका कर्मचारीरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरि बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ रेटिङ प्रदान गरेको छ, अर्थात् कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारण लगानीकर्ताले मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्। यस प्राथमिक शेयर(आईपीओ)मा आज  मंगलबार (फागुन ४ गते) कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

हाल महिला लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x