वाणिज्य बैङ्कहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, मुद्दति निक्षेपमा १०% अधिक


ज्ञानमाण्डू।मंसिर १ गतेबाट लागू हुने गरी वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश वाणिज्य बैंकहरुको अधिकतम मुद्दती निक्षेपको ब्याजदर विन्दु १०.०५ प्रतिशत रहेको छ। केन्द्रीय बैंकद्वारा जारी निर्देशनअनुसार अघिल्लो महिना कायम ब्याजदर औषतमा १०% भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था रहेको छ ।  सोहीअनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

नेपाल राष्ट्र बैंकले गत आइतबार केन्द्रिय बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका  बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिका अनुसार अघिल्लो महिना सोही वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर बढाउन वा घटाउन पाइने व्यवस्था रहेको छ ।

यस अघि बैंकहरुले आफ्नै ब्याजदरका आधारमा मासिक १० प्रतिशतसम्मका दरले ब्याजदर थपघट गर्न पाउने थिए। तर, अब भने एकै वर्गका बैंकहरुको औषत ब्याजदर आधारमा मात्र नया ब्याजदर निर्धारण गर्नुपर्ने भएको छ। 

अधिकांश बैङ्कले निक्षेपको ब्याज दर सर्वाधिक १०.०५ प्रतिशतको विन्दुसम्म बढाएका छन् । नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कले ३ महिना वा सोभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दतीमा निक्षेपको ब्याजदर बढाएर १०.०५ प्रतिशत पुर्‍याएका छन् भने सोहि अवधिको संस्थागत मुद्दतीमा निक्षेपको ब्याजदर बढाएर ९.०५ प्रतिशत पुर्‍याएका छन्  । नविकरण गर्ने संस्थागत ग्राहकमा हितमा अन्य थप सुविधा पनि रहेका छन्। 

ब्याजदर सार्वजनिक गरेका केहि बैंकहरु बाहेक अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १०.०५% ब्याजदर निर्धारण गरेका छन्। जसमध्ये राष्ट्रिय वाणिज्य बैंक, मेगा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको बाहेक अरु बैंकको अधिकतम ब्याजदर १०.०५% पुगेको छ । मंसिर महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकको मुद्दतिको ब्याजदर ९.११%, स्टान्डर्ड चार्टर्ड बैंकको ९.५०% र मेगा बैंकको ९.९६% रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x