आज सम्म कायम शेयरधनीले नेपाल हाईड्राे डेभलपर लिमिटेडकाे साधारण सभामा भाग लिन पाउने


ज्ञानमाण्डू। नेपाल हाईड्राे डेभलपर लिमिटेडले यही असार १३ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार १ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा कावेरी इन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले नियमावलीकाे नियम २३ र २७ काे उपनियम ३ संशोधनको प्रस्ताव पारित गर्नेछ ।

त्यसै गरी कमपनीकाे नियमावलीमा भएकाे संशाेधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशाेधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा साेही अनुरूप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x