भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु

ज्ञानमाण्डू।भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६८५ पुगेको छ । 

भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । 

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २८६ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x