जनता बैंककाे खुमलटारमा नयाँ शाखा कार्यालय

ज्ञानमाण्डू।जनता बैङ्क नेपाल लिमिटेडले मिति २०७६ आषाढ ३० गते, सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन बैङ्क सञ्चालक समितिका अध्यक्ष श्री केशव बहादुर रायमाझीले गरेका छन् । उद्घाटन कार्यक्रममा बैङ्कका अन्य सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । देशको सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तीव्रता दिएको जनता बैङ्कको शाखा सञ्जाल यो समेत गरी १४२ पुगेको छ भने काठमाडौँ उपत्यकामा यो २४ औँ शाखा हो । यस अतिरिक्त बैङ्कले १०८ एटिएम, ५० शाखा रहित बैङ्किङ, १ सीमित बैङ्किङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x