नेप्से सामान्य अंकले घट्दा एक दर्जनभन्दा बढी कम्पनीको शेयर सर्किट लेभलमा कारोबार


ज्ञानमाण्डू। साताको चौथों कारोबारी दिन, आज शुन्य दशमलव १९ प्रतिशतले घटेको धितोपत्र बजार शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरालो लागेको छ । नेप्से परिसूचक आज ५ दशमलव ०९ अंकले घटेर २६४९ दशमलव ६० को विन्दुमा कायम हुँदा एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक १ दशमलव ६३ अंकले घटेर ४७३ दशमलव ८१ को विन्दुमा पुगेको छ ।



आज बुधबार साताको चौथों कारोबारी दिन, कूल २१८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर रु ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ७६ अर्ब ६ करोड ६७ बराबर पुगेको छ ।



कारोबार भएका कूल १३ उपसमूह मध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ । आज ट्रेडिङ उपसमूह ९ दशमलव ४१ अङ्कले बढ्दा जलविद्युत उपसमूह ४५ दशमलव २७ अङ्कले, वित्त उपसमूह १० दशमलव ०८ अङ्कले र निर्जीवन बीमा उपसमूह ९ दशमलव २७ अङ्कले बढेको छ। यता, बैंकिङ उपसमूह ४ दशमलव ९९ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ३७ दशमलव ७८ अङ्कले, विकास बैंक उपसमूह ३ दशमलव २६ अङ्कले, उत्पादन उपसमूह ६७ दशमलव ०७ अङ्कले, अन्य उपसमूह २१ दशमलव ९१ अङ्कले, लघुवित्त उपसमूह ३ दशमलव ८९ अङ्कले, जीवन बीमा उपसमूह ५५ दशमलव २४ अङ्कले, सामू हिक लागनी कोष उपसमूह शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५१ अङ्कले घटेको छ।


कारोबारको आधारमा आज प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । आज प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरको २३ करोड ६९ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज यथावत रहेको छ । त्यस्तै, एनआइसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडको २२ करोड ३६ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ५४ प्रतिशतले घटेको छ ।

आज नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको १९ करोड ४७ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनी लिमिटेडको १८ करोड २७ लाख रुपैयाँ माथिको र जनउत्त्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको १५ करोड २३ लाख माथिको शेयर कारोबार भएको छ।


नेप्से परिसूचक ५ दशमलव ०९ अंकले ऒरलो लाग्दा आज एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिडी हाइड्रोपावर डेभेलप्मेन्ट कम्पनी लिमिटेड रैराङ हाइड्रोपावर डेभेलप्मेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले समान ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन्। यता,छ्याङ्दि हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले, समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले, युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर डेभेलप्मेन्ट कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।



आज आशा लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् । यता, लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ३ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन् भने इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, सबैको लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ३ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x