राधी विद्युत कम्पनीले आज वार्षिक साधारण सभा गर्दै

Radhi Bidyut Company Limited

ज्ञानमाण्डू। राधी विद्युत कम्पनी लिमिटेडले आज साउन ३० गते (आज) वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौमा बिहान ११:३० बजे देखि Zoom Meeting बाट आरम्भ हुने जानकारी दिएको छ। शेयरधनीले आफ्नो नाम र E-mail Address कम्पनीको E-mail ठेगाना [email protected] मा पठाउनु पर्नेछ र कम्पनीलाई उपलब्ध गराएको E-mail मार्फत सम्बन्धीत शेयरधनीहरुलाई सभा हुनु भन्दा अघिल्लो दिन Zoom ID / Passcode उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

सभाले कम्पनीको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। त्यसै गरी हाल सम्मको लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि साउन २० गते बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x