सिटिजन्स बैंक इन्टरनेसनलको नाफा ४७.६६ प्रतिशतले वृद्धि

ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेसनलको नाफा ४७.६६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ०८ करोड ९८ लाख १७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंक इन्टरनेसनलले ९७ अर्ब ९४ करोड ६ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८२ अर्ब ६४ करोड ८६ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख ९८ हजार रुपैयाँ र संचित मुनाफा ९४ कराेड ३७ लाख २३ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.४७ प्रतिशतले बढेर ८३ करोड ९१ लाख ७३ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.४३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा छ र मूल्य आम्दानी अनुपात ९.४८ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x