एभरेष्ट बैंकले आज देखि १०.५०% ब्याजदरमा ऋणपत्र निष्कासन गर्दै

Everest Bank Limited

ज्ञानमाण्डू। एभरेष्ट बैंक लिमिटेडले ६ वर्ष अवधिकाे (एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८९) वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र साउन १८ गते (आज) देखि विक्रीका लागि खुला भएको छ । बैंकको अनुसार योग्य आवेदकले दिनुपर्ने न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म दिन पाउने बैंकले जनाएकाे छ।

विक्री हुन लागेको कम्पनीको रु. २ अर्ब बराबरको २० लाख कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१००० तोकिएको छ। कुल कित्ता मध्ये ६० प्रतिशत अर्थात रु. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंक आफैले व्यक्तिगत तर्फबाट विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात रु. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्ने छ। सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये अर्थात ४०,००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको बैंकले जनाएकाे छ।

सो कम्पनीको ऋणपत्र शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) साउन २२ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा आवेदकले ढिलोमा भदाै १ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

बिऋी प्रबन्धक साथ-साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यस कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x