११६ सङ्क्रमित थपिए, ३४ डिस्चार्ज

ज्ञानमाण्डू। पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच/पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन/तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई/दुई सङ्क्रमित फेला परेका छन् ।


यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक/एक जना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । आज देखिएकासँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ३२८ रहेका छन् । कुल सङ्क्रमितको ६०.५३ प्रतिशत डिस्चार्ज भएको उहाँले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x