समता घरेलु लघुवित्तकाे नाफामा २६.४ प्रतिशतकाे गिरावट, खुद ब्याज आम्दानीमा ९.७ प्रतिशतकाे वृद्धि

Samata Gharelu Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २६.४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १० कराेड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ कराेड ९७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३४ करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको समता घरेलु लघुवित्तले ३ अर्ब ४० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, समता घरेलु लघुवित्तले १ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १८ करोड ६७ लाख रुपैयाँ रहेको छ।

समता घरेलु लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.७ प्रतिशतले बढेर २२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.७६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ४९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९१८ काे आधारमा मूल्य आम्दानी अनुपात ३९.५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x