१०३.७२ प्रतिशतले नाफा वृद्धि गर्न सफल विजय लघुवित्तकाे प्रतिशेयर आम्दानी कति?

vijaya laghubitta

ज्ञानमाण्डू। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०३.७२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२६ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विजय लघुवित्तले ९९ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, विजय लघुवित्तले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

विजय लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७४.२५ प्रतिशतले बढेर ३८ करोड १ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.६६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ छ र पछिल्लाे काराेबार मूल्य रू १८३५ काे आधारमा मूल्य आम्दानी अनुपात ४१.३० गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x