नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


ज्ञानमाण्डू। यही शुक्रबार अर्थात माघ २ गते देखि खुला भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज (माघ ६ गते) अन्तिम दिन रहेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।जसमध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने प्रावधान रहेको छ ।

नेपाल इन्फ्रास्ट्रकचर बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा चोथौ दिन अर्थात माघ ५ गते सोमबारका दिन ५ बजे सम्म ११ लाख बढीको आवेदन परेको कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

बिक्री प्रबन्धक रहेको एनआइबीएल एस क्यापिटलका अनुसार बैंकको आइपीओमा ११ लाख ७७ हजार ९२० जना आवेदकले १४ करोड १९ लाख ९६ हजार ९२० कित्ता अर्थात १४ अर्ब १९ करोड ९६ लाख ४२ रुपैयाँका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणका लागि निष्काशन गरिएको ७ करोड ५८ लाख ४० हजार कित्ता भन्दा १ दशमलव ८७ गुणा बढी हुन आउछ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x