कपिलवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

ज्ञानमाण्डू।सिभिल बैंकले कपिलवस्तु तौलिहवा वडा नं ०१, को करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त काउन्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय, कपिलवस्तु, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेको बैंकले जनाएको छ ।


अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन ।

करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८६ एटियम रहेका छन् ।

बैंकले हालसम्म करीव ९० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x