१०४.८३ प्रतिशतले नाफा वृद्धि गर्न सफल सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश दिन सक्ने क्षमता कति?

saptakoshi development bank
ज्ञानमाण्डू। सप्तकोशी डेभलपमेन्ट बैङ्कको नाफा १०४.८३ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ कराेड २ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ६ कराेड १९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८३ कराेड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सप्तकोशी डेभलपमेन्ट बैङ्कले ४ अर्ब ५१ कराेड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ र संचित मुनाफा ७ कराेड ४४ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ७ कराेड ४४ लाख रुपैयाँ रहेकाे छ अर्थात सप्तकोशी डेभलपमेन्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई ८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे निष्कृय कर्जा अनुपात १.४४ प्रतिशत र प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ६७ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४२७ काे आधारमा मूल्य आम्दानी अनुपात ५७.५४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x