वित्तीय विवरण प्रकाशित गरेका १० लघुवित्तहरू मध्ये नाफा र प्रति शेयर आम्दानीमा को अघि ?


ज्ञानमाण्डू। पुँजीको तुलनामा आकर्षक मुनाफा गर्ने शेयर बजारको एक क्षेत्र लघुवित्त कम्पनीहरू पनि हुन्। अन्य क्षेत्र भन्दा चुक्ता पुँजी थोरै भए तापनि मुनाफा आकर्षक हुँदा लघुवित्त क्षेत्र लगानीकर्ताको रोजाइमा पर्दै आएको छ। यो समाचार तयार पार्दा सम्म आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका १० लघुवित्तहरूलाई नाफा र प्रति शेयर आम्दानीको आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।

१० लघुवित्तहरू मध्य सर्वाधिक नाफा कमाउन सफल डिप्राेक्स माईक्रोफाइनान्सले १५९.५५ प्रतिशतले नाफा वृद्धि गर्दा ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ। त्यस्तै आरएमडिसी लघुवित्तले १८.६८ प्रतिशतले नाफा घटाउँदा २३ करोड २५ लाख नाफा गर्दै दोस्रोमा रहेको छ भने तेस्रोमा २० करोड एक लाख रुपैयाँ नाफा कमाएको आशा लघुवित्तले नाफामा ४८१.९० प्रतिशतले वृद्धि गर्न सफल भएको देखिन्छ।



१० लघुवित्तहरू मध्य सर्वाधिक प्रति शेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा सहित डिप्राेक्स माईक्रोफाइनान्स अगाडि रहेको छ। त्यस्तै सबैको लघुवित्त प्रति शेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा सहित दोस्रोमा रहेको छ भने तेस्रोमा ४७ रुपैयाँ ६० पैसा प्रति शेयर आम्दानी भएको आशा लघुवित्त रहेको छ।

समीक्षा अवधिमा मिर्मिरे लघुवित्तले सर्वाधिक ४८१.९० प्रतिशतले नाफा वृद्धि गरेको छ भने आरएमडीसीले मुनाफा घटाएको छ।

१० लघुवित्तहरू मध्ये ९ वटाले नाफा वृद्धि गर्दा एक लघुवित्तले मात्र नाफा वृद्धि गर्न नसकेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x