ग्लोबल आइएमई बैंकद्धारा विनाशकारी हावाहुरी बाट प्रभावितलाई राहत वितरण

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७५÷१२÷१७ गते रातीे बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिनापानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ । बैंकले बारा जिल्लाका विपतबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको हो । हावाहुरी र असिनापानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकल उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x