धितोपत्र बजार दोहोरो अङ्कले वृद्धि हुँदा नेप्से परिसूचकमा आकर्षक भाेल्यूमसहित नयाँ रेकर्ड कायम


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदै सर्वाधिक भाेल्यूमसहित नयाँ रेकर्ड कायम गरेको छ । साताको तोस्रो कारोबारी दिन नेप्से परिसूचक २९ दशमलव २४ अङ्कले बढेर ३०७९ दशमलव ६७ को सर्वाधिक उच्च विन्दुमा कायम हुँदै अलटाइम हाइ रेकर्ड बनाएको छ ।


अघिल्लो कारोबारी दिन अर्थात् सोमबार नेप्से परिसूचकले ३०५०.४२ विन्दुको रेकर्ड कायम गरेकोमा मङ्गलवार उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव १९ अङ्कले बढेर ५७४ दशमलव ३० को विन्दुमा पुगेको छ ।

आज कूल २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर रु १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । विकास बैङ्क उपसमूह ३५ दशमलव ५७ अङ्कले बढ्दा जलविद्युत उपसमूह ११९ अङ्कले, वित्त उपसमूह ७१ दशमलव ०४ अङ्कले, निर्जीवन बिमा उपसमूह १२० दशमलव २६ अङ्कले, उत्पादन उपसमूह ३०५ दशमलव १८ अङ्कले, अन्य उपसमूह ६० दशमलव ३४ अङ्कले, जीवन बिमा उपसमूह २६० दशमलव ०८ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव १३ अङ्कले र लगानी उपसमूह ३ दशमलव ०५ अङ्कले बढेको छ ।



कारोबारको आधारमा आज एनआईसी एशिया बैङ्क लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज एनआईसी एशिया बैङ्क लिमिटेडको ४९ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज १ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अपि पावर कम्पनी लिमिटेडको ४८ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । उक्त कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज ७.८८ प्रतिशतले वृद्धि भएको छ ।


यता नेपाल युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३६ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यसै गरी, सानिमा माई हाइड्रोपावर लिमिटेडको ३५ करोड रुपैयाँ माथिको, नेशनल हाइड्रो पावर र नबिल बैङ्क लिमिटेडको ३० करोड माथिको शेयर कारोबार भएको छ।




नेप्से परिसूचक शून्य दशमलव ९६ प्रतिशतले उकालो लाग्दै अलटाइम हाइ रेकर्ड बनाउँदा आज घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसै गरी, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले, जोशी हाइड्रोपावर डिभेलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले र सिनर्जी पावर डिभेलपमेनप्ट लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज उत्पादन उपसमूह ४ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ। जलविद्युत उपसमूह ३ दशमलव ७५ प्रतिशतले, अन्य उपसमूह २ दशमलव ८३ प्रतिशतले, लगानी उपसमूह २ दशमलव ८१ प्रतिशतले, वित्त उपसमूह २ दशमलव ७४ प्रतिशतले, जीवन बिमा उपसमूह १ दशमलव ४७ प्रतिशतले, निर्जीवन बिमा उपसमूह शून्य दशमलव ८३ प्रतिशतले, विकास बैङ्क उपसमूह शून्य दशमलव ७५ प्रतिशतले र सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ।


आज सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् । यता, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४ दशमलव १० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतका दरले, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ३ दशमलव ८१ प्रतिशतका दरले गुमाएका छन्।

आज लघुवित्त उपसमूह २ दशमलव ०६ प्रतिशतले घटेको छ। त्यस्तै, होटेल तथा पर्यटन उपसमूह शून्य दशमलव ५१ प्रतिशतले, बैङ्किङ उपसमूह शून्य दशमलव १७ प्रतिशतले र ट्रेडिङ उपसमूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x