सिडी रेसियो ९० प्रतिशत मुनि


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वाणिज्य बैङ्कहरूको निक्षेपमा २ अर्बको गिरावट आएको छ । यो एकै दिनको गिरावट हो ।

सो तथ्याङ्कको अनुसार, शनिबार जेष्ठ २१ गते ४३ खर्ब ८९ अर्ब निक्षेप रहेकोमा आइतबार जेष्ठ २२ गते वाणिज्य बैङ्कहरूको निक्षेप घटेर ४३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको थियाे।

यता वाणिज्य बैङ्कको ऋणमा भने १ अर्ब अर्बको गिरावट आएको छ। शनिबार जेष्ठ २१ गते वाणिज्य बैङ्कले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा दिएका थिए भने सो ऋणमा गिरावट आएर आइतबार जेष्ठ २२ गते ४१ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको थियाे। शनिबार ८९.९६ प्रतिशत कायम भएको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) आइतबार भने ८९.९९ प्रतिशत कायम भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x