धितोपत्र बजारमा गिरावट, नेप्से २८०१.१३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ५ अंकले घटेर ५२५ दशमलव २४ को विन्दुमा पुगेको छ ।
 
आज कूल २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर रु ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एघरा उपसमूहको शेयर ऒरालो लागेको छ । विकास बैंक उपसमूह ३ दशमलव ७१ अङ्कले बढ्दा लघुवित्त उपसमूह १९ दशमलव १९ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ३ दशमलव ७१ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १२ दशमलव ९७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७४.३४ अङ्कले, जलविद्युत ५९.२ अङ्कले, वित्त उपसमूह ३२.९६ अङ्कले, निर्जीवन बीमा १४४.७७ अङ्कले, उत्पादन उपसमूह १३३.०८ अङ्कले, अन्य उपसमूह १८.३१ अङ्कले, जीवन बीमा ७५.०८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ८५ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x