नाफामा आक्रामक वृद्धि गर्न सफल ग्लोबल आइएमई लघुवित्तको कस्ता छन् अन्य वित्तीय सूचकहरू ?

ज्ञानमाण्डू। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २८३.०९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई लघुवित्तले २ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै ग्लोबल आइएमई लघुवित्तले ३ अर्ब ४३ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३४ कराेड ५४ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७२.५१ प्रतिशतले बढेर ४५ करोड ३१ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.६६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ०२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २८६६ काे आधारमा मूल्य आम्दानी अनुपात ५४.३५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x